![]()
नेपालगञ्ज । नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले पार्टीभित्रको गुटबन्दीले नेता, कार्यकर्तालाई विभाजित गरेको भन्दै यो अवस्था रहेसम्म पार्टी बलियो हुन नसक्ने बताएका छन् ।
नेपाल प्रेस युनियन, बाँकेले गरेको पत्रकार सम्मेलनमा कांग्रेस महामन्त्री कोइरालाले पार्टी सङ्गठनलाई एकै ठाउँमा उभ्याउन सकिएन भने कांग्रेस झन कमजोर हुने बताए । उनले वर्तमान सरकारको मूल्याङ्कन गरी हाल्नुपर्ने समय नभएको पनि बताए । ‘तर, सरकारले मुलुकका सही दिशा दिन सकेको छैन,’ उनले भने ।
यसैबीच, नेपालगञ्जमा भएको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महामन्त्री कोइरालाले सबैलाई मिलाएर लानुपर्ने दायित्व नेतृत्वको भएको बताए ।
त्यस अवसरमा कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले कार्यकर्ताले पनि एकअर्कालाई आरोप, प्रत्यारोप गरेर हैन आफूलाई पनि सच्याउनुपर्नेमा जोड दिए ।


