![]()
एजेन्सी । एमटिभी म्युजिक अवार्ड न्यूयोर्कमा आयोजना गरियो । उक्त म्यूजिक अवार्डमा अमेरिकी–क्यूबेली गायिका र गीत लेखिका केमिला केबेलोले दुई अवार्ड आफ्नो हात पारिन् । उनले ‘मून म्यान ट्रफिज फर आर्टिस्ट अफ द इयर’ र ‘भिडियो अफ द इयर’ अवार्ड आफ्नो नाममा पारिन् ।
अमेरिकी र्यापर कार्डी बीकोले बेस्ट डेब्यूटेन्टको पुरस्कार आफ्नो पोल्टोमा पारिन् । जेनिफर लोपेजले प्रतिष्ठित ‘माइकल ज्याक्सन अवार्ड फर लाइफटाइम अचिभमेन्ट’ को अवार्ड प्राप्त गरिन् ।
उक्त कार्यक्रममा संगीत क्षेत्रका दिग्गजको उल्लेख्य मात्रामा सहभागिता रह्यो । साङ्गितिक माहोल र ग्ल्यामरले उपस्थित सबैलाई मन थाम्न गाहे थियो ।
कार्यक्रममा अमेरिकी मोडल ब्लाक चाइनाको पनि उपस्थिती रह्यो ।







