Breaking News.... EverestOnlineKhabar
June 28, 2026

अन्तर्राष्ट्रिय प्रतिबन्ध नहटेपछि किम आक्रोशित

Loading

बीबीसी । उत्तर कोरियाली नेता कीम जोङ–उनले आफ्नो देशमाथि अन्तर्राष्ट्रिय प्रतिबन्ध नहटाइएको भन्दै कडा शब्दमा निन्दा गरेका छन् । उत्तर कोरियाली सञ्चार माध्यमका अनुसार, नेता कीमले मुलुकको उत्तरमा निर्माणाधीन परियोजनाको निरीक्षणका क्रममा अन्तर्राष्ट्रिय समुदायले उत्तर कोरियाको सकारात्मक पहललाई अझै बुझ्न नसकेको बताए ।

पत्नीसहित उच्च अधिकारीका साथमा रहेका कीमले साम्जीयोन काउन्टीमा सञ्चालित विकास परियोजनाको निरीक्षण गरेका थिए । यो परियोजनास्थल उनका बाबु कीम जोङ–इलको जन्मस्थान हो ।

गत साता, कीमले पूर्वी तटीय क्षेत्रमा निर्माणाधीन वोन्सान–कल्माको निरीक्षणका क्रममा पनि दुश्मनहरुले लुटेरा शैलीमा अवरोध गरेको आरोप लगाएका थिए ।

कीमले अमेरिकाका तर्फबाट दबाब सिर्जना गर्न विगतमा उत्तर कोरिया विरुद्ध लगाइएका आर्थिक तथा अन्य प्रतिबन्धहरु खुला गर्नुको साटो अझ कडा पारेको भन्दै आलोचना गरिरहनु भएको छ । अमेरिकी अर्थ मन्त्रालयले बुधबार मात्र उत्तर कोरियामाथि लगाइएका आर्थिक अबरोधलाई बेवास्ता गर्ने चिनियाँ र रुसी फर्ममाथि नयाँ प्रतिबन्धहरु लगाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.