![]()
जनकपुर। प्रदेश नम्बर २ को प्रदेश सभालाई सम्बोधन गर्न जनकपुर पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजपाका कार्यकर्ताले कालो झण्डा देखाएका छन् ।
पूर्व निर्धारित कार्यतालिका अनुसार प्रधानमन्त्री ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितको टोली शनिबार २ नं प्रदेशको राजधानी जनकपुरधाम पुगेका हुन् ।
राजपा नेताहरुले जनकपुर विमानस्थलमा प्रधानमन्त्रीलाई कालो झण्डा देखाएका हुन् । प्रधानमन्त्रीलाई कालो झण्डा देखाउने राजपाका पाँच कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।


