![]()
एजेन्सी,भदौ ।
मालीका राष्ट्रपति इब्राहिम बाउबाकर केइटा थप एक कार्यकालका लागि फेरी निर्वाचित भएका छन् । आगामी पाँच बर्ष पनि राष्ट्रपति नै रहनेगरी भारी मत अन्तरले उनी पुनः निर्वाचित भएको त्यहाँको निर्वाचन कार्यालयले जनाएको छ । विदेशी पर्यबेक्षकहरुको कडा निगरानीकाबीच भएको निर्वाचनबाट ७३ बर्षीय केइटाले ६७.१७ प्रतिशत मत आफ्नो पक्षमा पारेका छन् ।
गत आइतबार भएको निर्वाचनमा उनका प्रतिद्वन्द्वी तथा पूर्व अर्थमन्त्री सौमैला सिसेले ३२.८३ प्रतिशत मत ल्याएका छन् । भूपरिवेष्ठित मुलुक मालीमा झण्डै २० प्रकारका आदीवासीहरूको मुख्य बसोबास रहेको छ । उनीहरूबीचमा द्धन्द्धपनि रहेको छ । द्धन्द्धहरुमा पनि यस बर्ष मात्रै सयौँ मानिसको मृत्यु भएको थियो ।
निर्वाचनका बेला द्धन्द्धको विषयलाई नै विपक्षीहरूले मुख्य मुद्दा बनाएका थिए । निर्वाचनमा पराजित भएको प्रतिपक्षी समूहहरूले भने नतिजा अस्वीकार गर्ने बताएका छन् । निर्वाचन परिणाम विश्वसनीय नभएको विपक्षीहरुको आरोप छ ।


