Breaking News.... EverestOnlineKhabar
June 28, 2026

Loading

एजेन्सी।म्यानचेस्टर युनाइटेड र म्यानचेस्टर सिटीका पूर्व स्ट्राइकर कार्लोस टेभेज र उनका पूर्व सहकर्मी बार्सिलोनाका लियोन मेस्सी आमनेसामने हुने भएका छन् । टेभेजको टोली बोका जुनियर्सले बुधबार जोआन ग्याम्पर ट्रफीमा बार्सिलोनाको सामना गर्ने भएको हो ।

मेस्सी र टेभेजले अर्जेन्टिनाका लागि लामो समयसँगै खेलेका थिए । टेभेज सन् २००६ र २०१० विश्व कपमा अर्जेन्टिना फुटबल टोलीका सदस्य थिए । ३४ वर्षे टेभेज मेस्सीसँगको भेटका लागि आतुर छन् ।

टेभेजले आफ्नो खेल जीवनको महत्वपूर्ण समय वेस्ट ह्याम युनाइटेड तथा म्यानचेस्टर क्लबहरु युनाइटेड र सिटीमा विताएका थिए । उनले खेल जीवनमा तीन पटक प्रिमियर लिग, एकपटक एफए कप र एकपटक च्याम्पियन्स लिग उपाधि जितेका थिए । उनले इटालियन क्लब युभेन्ट्सबाट पनि खेले । जहाँ उनी दुई पटक सिरिए र एक पटक कोपा इटालिया जिते ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.