![]()
काठमाडौं । कायममुकायम प्रधानन्यायाधीश दिपकराज जोशी १५ दिन विदामा वसेपछि सर्वोच्च अदालतको नियमित कामकारवाही आजदेखि न्यायाधीश ओमप्रकाश मिश्रले सम्हाल्नु भएको छ । संसदीय सुनुवाई समितिबाट प्रधानन्यायाधीशमा अयोग्य ठहरिएपछि कामु प्रधानन्यायाधीश जोशी १५ दिनको विदामा बस्नु भएको छ ।
वरिष्ठतम न्यायाधीश मिश्रले आजबाट पेशी तोक्न सुरु गर्नूभएको छ । संसदीय समितिबाट जोशी अस्विकृत भएपछि वरिष्ठताको आधारमा मिश्रले सर्वोच्च अदालतमा कायम मुकायमको जिम्मेवारी सम्हाल्नु भएको हो ।
जोशी अस्वीकृत भएपछि संवैधानिक परिषदले सम्भवत: अव मिश्रलाई नै प्रधानन्यायाधीशमा सिफारिस गर्नेछ । न्यायपरिषदबाट मिश्रसँगै वरिष्ठतम न्यायाधीशको रोलक्रममा रहेका चोलेन्द्र शमशेर राणाको नाम पनि संवैधानिक परिषदमा जानेछ । प्रधानन्यायाधीशमा मिश्र नियुक्त भए उहाँको पदावधी आगामी पुष १९ गते सकिने छ । त्यसपछि स्वत: राणा कायम मुकायम प्रधानन्यायाधीश बन्नुहुनेछ ।


