Breaking News.... EverestOnlineKhabar
June 28, 2026

अमेरिकाले ‘ब्ल्याकमेल’ गरेको भन्दै चीनले पनि अमेरिकी सामानामा महसुल बढाउँदै

Loading

बीबीसी ।अमेरिकाले ब्ल्याकमेल गर्न खोजेको भन्दै चीन सरकारले प्रतिशाेधस्वरुप अमेरिकाबाट आयात हुने ६० अर्ब डलरको समानमा भन्सार शुल्क वृद्धि गर्ने चिनीया सरकारी सञ्चारमाध्यमले जनाएका छन्।

चिनियाँ अर्थमन्त्रीले अमेरिकाबाट आयात हुने ५ हजार २०७ बस्तुमाथि ५ देखि २५ प्रतिशत थप करलगाउने योजना सार्वजनिक गरेका हुन्। अमेरिकी सरकारले चीनबाट आउने सामानमा २५ प्रतिशतसम्म कर लगाउने प्रस्ताव ल्याएको जवाफमा चीनले पनि करबृद्धिको योजना बनाएको हो। चीनको यो प्रस्ताव जायज रहेको टिप्पणी त्यहाँको ग्लोबल टाइम्स पत्रिकाले गरेको छ। चीन अमेरिकासँग प्रतिश्पर्धा गर्न हतार भने नगर्ने जनाइएको छ।

अमेरिका र चीनले गत जुलाईदेखि ३४ अर्व डलरको द्धीदेशीय व्यापारमा कर लगाउन थालेका हुन्। बासिङटनले अझै १६ अर्व डलर मूल्य बराबरको चीनियाँ समानमा थप भन्सार शुल्क लगाउन सक्ने देखिएको विश्लेषक हरुको भनाइ छ। चीनले पनि यसो भएमा सन्तुलन मिल्ने गरी तत्काल कर बढाउने संकेत यस अघि नै गरिसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.