![]()
एजेन्सी । सलमान खानको रेस–३ ले पूर्वानुमान अनुसार व्यापारमा कुनै धमाका मच्चाउन सकेन । कमजोर व्यापार गरे पनि यसले सलमानको स्टारडममा भने रत्तिभर फरक पारेको छैन । बलिउडमा उनको माग बढ्दो छ ।
हालै सलमान खानलाई आदित्य चोपडाले निर्माण गर्ने चलचित्र धुम–४ का लागि फाइनल गरेको बताइएको छ । सूत्रका अनुसार सलमानले समेत उक्त चलचित्रमा काम गर्ने पक्का गरिसकेका छन् । आदित्यले यो चलचित्रमा राम्रै लगानी गर्ने सोच बनाएका छन् ।
यति मात्र होइन, धुम सिरिजको यो सिक्वेल सबैभन्दा महँगो चलचित्रसमेत हुने भारतीय मिडियाले बताएका छन् । आगामी वर्ष छायांकन प्रारम्भ गरी २०२० मा प्रदर्शन गर्ने लक्ष्य राखिएको धुम–४ का अधिकांश दृश्य दुबईमा हुने बताइएको छ । धुम–४ मा सलमानसँग रणवीर सिंहले समेत काम गर्नेछन् ।


