![]()
विराटनगर। विराटनगर महानगरपालिकाभित्र भइरहेको विकास निर्माण कार्यमा सहजता थप्न ‘ड्रोन’ क्यामराको प्रयोग गरिने भएको छ।
महानगरपालिकाभित्र विगतमा भएका र भविष्यमा हुने विभिन्न विकास निर्माण कार्यको अनुगमन कार्यका लागि अत्यधुनिक प्रविधि युक्त ‘ड्रोन’को माध्यमबाट तस्वीर लिन लागिएको हो।
महानगरपालिकाका प्रमुख भीम पराजुलीले जतुवास्थित फोहर पानी प्रशोधन प्लान्टबाट ‘ड्रोन’मार्फत तस्वीर लिने कार्यको शुभारम्भ गरिसकेका छन । उनले ड्रोनमार्फत नगरभित्र भएका र भइरहेका विकास निर्माण कार्यका सम्बन्धमा जानकारी दिन सहज हुने बताए।


