Breaking News.... EverestOnlineKhabar
June 28, 2026

Loading

काठमाडौ,जेठ ।
संसद सचिवालयले दाताको खर्चमा तालिम दिएको भन्दै सांसदहरुले नै असन्तुष्टी जनाएका छन् । संसदीय प्रक्रियाबारे जानकारी गराउन भन्दै सचिवालयले आज र भोलि प्रतिनिधिसभा र राष्ट्रियसभाका सबै सांसदहरुको लागि तालिम आयोजना गरेको छ । सरकारी बजेट थन्क्याएर सचिवायलले राष्ट्रसंघीय विकास कार्यक्रम यूएनडीपीको लगानीमा तालिम गर्न लागेको भन्दै सांसदहरुले असन्तुष्टी जनाएका हुन् । अपारदर्शी र सरकारको नियन्त्रणबाहिर रहेका संस्थाहरुले आयोजना गर्ने कार्यक्रमको औचित्य नहुने सत्तारुढ दलका एक सांसदले असन्तुष्टि जनाए । ती सांसदले आफू तालिममा सहभागी नहुने समेत जानकारी दिए ।
तर सचिवालयले भने यूएनडीपीसँग यसअघि पनि सहकार्य हुँदै आएको र यसपटक पनि नियमित कार्यक्रम अन्तर्गत नै तालिम आयोजना गरिएको जनाएको छ । सचिवालयका प्रवक्ता भरतराज गौतमले स्टेशनरी खर्च मात्र यूएनडीपीले दिने, तर सबै व्यवस्थापन आफूहरुको भएको प्रतिक्रिया दिए ।
यसअघि पनि यस्ता कार्यक्रम हुँदै आएकाले यसलाई अर्को अर्थमा नबुझ्न पनि उनले आग्रह गरे । तर देशको नीति निर्माण गर्ने सर्वोच्च निकायमा समेत एनजीओ–आईएनजीओको प्रभाव बढेको भन्दै आलोचना बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.