Breaking News.... EverestOnlineKhabar
June 28, 2026

दक्षिण कोरियाको ब्वाइ ब्याण्ड बिटिएस इतिहास रच्दै अमेरिकाको एल्बम चार्टमा पहिलो नम्बरमा (भिडियोसहित)

Loading

एजेन्सी ।दक्षिण कोरियाको ब्वाइ ब्याण्ड बिटिएस अमेरिकाको एल्बम चार्टमा पहिलो नम्बरमा पुग्ने पहिलो कोरियाली कलाकार समूह बनेको छ । बिटिएसका के–पप सुपरस्टारहरु कोरियन वेभका हिस्सा हुन्।

विश्वव्यापी रुपमा बढ्दै गएको कोरियाली संगीत, नाटक र चलचित्रको लहललाई कोरियन वेभ भन्ने गरिन्छ । गीतसँगै निकै कलात्मक तरिकाले गरिएको कोरियोग्राफी गरिएको डान्स स्टाइलका कारण विश्वभर चर्चित बिटिएस दक्षिण कोरियामा सबैभन्दा बढी एल्बम बिक्री हुने ब्याण्ड हो ।

बिटिएसमा रहेका सात सदस्यको लुक्सका कारण पनि उनीहरुको चर्चा हुने गरेको छ । उनीहरुका फ्यान विश्वभर तीब्र गतिमा बढी रहेका छन् । बिटिएसका फ्यानले आफूहरुलाई आर्मीको रुपमा चिनाउने गरेका छन् ।

बिटिएसको नयाँ एल्बम, ‘लभ योरसेल्फ : टियर’ अमेरिकी बिलबोर्डको चार्टमा  पहिलो नम्बरमा पुगेको हो । बिलबोर्ड चार्टमा २०० म्युजिक एल्बमको चार्ट प्रस्तुत गरिन्छ । एल्बमको बिक्री, डाउनलोड तथा अनलाइनमा स्ट्रिम गरिएको आधारमा चार्ट बन्ने गरेको छ ।

बिटिएसको यो एल्बम मेको सुरुमा रिलिज भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.