Breaking News.... EverestOnlineKhabar
June 28, 2026

हलिवुड मुगल हार्बी वाइन्स्टिन १० लाख अमेरिकी डलर धरौटीमा रिहा

Loading

एजेन्सी । न्युयोर्क प्रहरीले बलात्कार तथा यौन दुर्व्यवहारको आरोप औपचारिक रुपमा दर्ता गरेरपछि पक्राउ परेका हलिवुड मुगल हार्बी वाइन्स्टिन धरौटीमा रिहा भएका छन् ।

वाइन्स्टिनले शुक्रबार न्युयोर्क प्रहरी समक्ष आत्मसमर्पण गरेका थिए । तर उनी १० लाख अमेरिकी डलर धरौटी बुझाएर रिहा भएका हुन् । ६६ वर्षका वाइन्स्टिनमाथि धेरै महिलाले यौन दुर्व्यहारको आरोप लगाएका छन् ।

उनीमाथि गएको वर्षदेखि विभिन्न महिलाले यौन दुर्व्यहार तथा बलात्कारको आरोप लगाएका थिए । धरौटीमा रिहा भएका वाइन्स्टिनले जिपिएस ट्रयाकर लगाउन तथा पासपोर्ट दिन राजी भएका छन् ।

उनले आफूले कुनै पनि महिलासँग सहमति बिना यौन सम्बन्ध कायम नगरेको बताउँदै आएका छन् ।  अभिनेत्रीले रोज म्याकगोवानले वाइन्स्टिनमाथि बलात्कारको आरोप लगाएकी छन् ।

वाइन्स्टिनमाथि विभिन्न अभिनेत्रीले लगाएको दुर्व्यवहारको आरोप पछि हलिवुड भित्र र बाहिर #MeToo मुभमेन्ट सुरु भएको थियो । त्यसपछि धेरैले आफूमाथि भएका यौन दुर्व्यहारका बारेमा बोलेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.