Breaking News.... EverestOnlineKhabar
June 28, 2026

नवविवाहित बलिउड अभिनेत्री सोनम हनिमुनका लागि ग्रिस जाँदै

Loading

एजेन्सी । नवविवाहित बलिउड अभिनेत्री सोनम कपुर हनिमुनका लागि आफना पति आनन्द आहुजासंग ग्रिस जाने भएकी छन ।
सोनमले गत मे ८ मा व्यापारी आनन्द आहुजासँगको प्रेम सम्बन्धलाई वैवाहिक सम्बन्धमा परिणत गरिकी थिइन । विवाहको २ हप्तासम्म पनि उनीहरु हनिमुन यात्रामा नगएपछि संचारकर्मीहरुले यो प्रश्न सोनमसमक्ष तेस्र्याएका थिए ।

पत्रकारहरुको लगातारको फलोअप र प्रश्नपछि सोनमले सबैको जिज्ञासा मेटिकी छिन । उनीहरु अब केही दिनमै हनिमुनका लागि ग्रिस जाने छन्। ग्रिसका केही खास ठाँउहरुमा नवविवाहित जोडीले समय बिताउने छन्।

फिल्म ‘विरे दि वेडीङ’को प्रचारमा व्यस्त सोनम र आफ्नो व्यवसायमै समय दिइरहेका आनन्दले अब भने केही समय एक अर्कालाई राम्रैसंग दिने भएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.