![]()
बीबीसी । संयुक्त अधिराज्यका राजकुमार ह्यारी र मेगन मार्कलको बहुचर्चित विवाह सम्पन्न भएको छ। विन्ड्सस्थित सेन्ट जोर्जेज च्यापलमा औंठी साट्दै उनीहरू विवाह वन्धनमा बाँधिएका हुन्।
आफ्नी आमासहित रोल्स रोयल गाडीमा विवाह स्थलमा पुगेकी मेगन मार्कललाई हृयारीका पिता युवराज चाल्र्सले सेन्ट जोर्जेज च्यापलमा हात डोर्याएर भित्र लगे । हृयारी भने दाइ विजियमसँग पुगेका थिए ।
३३ वर्षिया ह्यारी बेलायतकी गद्दिशिन महारानी एलिजावेद दृतियका नाती हुन् भने ३६ वर्षिया मार्कल अमेरिकी अभिनेत्री हुन। सो विवाह समारोहमा ओइरा उनफ्री, इल्टन जोन, सेरेना विलियम्स, डेबिड बेकह्यामका पतिपत्नी आदिको उपस्थिति रहेको थियो।
विवाह वन्धनमा बाँधिएसँगै ह्यारी ‘डुक अफ सुसेक्स’, ‘अर्ल अफ दम्बरटन एण्ड किलकेल’ भएका छन् भने मार्कल ‘डचेस अफ सुसेक्स’ भएकी छन्।
















