Breaking News.... EverestOnlineKhabar
June 28, 2026

Loading

एजेन्सी । केही दिन अगाडी यसराज फिल्मसले टिजर सार्वजनिक गर्दै घोषणा गरेको एक्सन फिल्म ‘शम्शेरा’मा अभिनेता रणवीर कपुरसँग अभिनेत्री बाणी कपुरले रोमान्स गर्ने भएकी छिन्।

फिल्ममा वाणीलाई ठाउठाउ डुलेर कार्यक्रम देखाउँदै हिँड्ने चरित्रमा देखिनेछिन्। फिल्मका निर्देशक करणले यसको पुष्टि गरेका हुन्। करनले फिल्ममा बाणीको भूमिका महत्वपूर्ण हुने बताएका छन्। उनले फिल्मको पातरका लागि वाणी सर्वोत्तम हुने भएकाले फिल्ममा अनुबन्धित गरिएको बताए। उनले फिल्ममा वाणीको उपस्थितिले दर्शकको पर्दामा ताजा हेर्न चाहने अपेक्षालइ सम्बोधन गर्ने बताए।

वानीले सन् २०१३ मा यसराज निर्मित ‘शुद्ध देशी रोमान्स’बाट हिट डेब्यू गरेकी थिइन् । फिल्ममा अभिनेता संजय दत्त पनि प्रमुख भूमिकामा हुनेछन्। निर्देशक करनले फिल्म पूर्णतया मसालाप्रधान हुने बताए।

दर्शकहरूले फिल्ममा अभिनय गर्ने कलाकारहरूलाई यसअघि कहिल्यै नदेखिएको स्वरूपमा हेर्न पाउने दाबी समेत गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.