![]()
एजेन्सी । धावक बैकुण्ठ मानन्धरको सहभागीतामा सिड्नीमा शान्ति पदयात्रा आयोजना गरिएको छ । सन् २००० को ओलम्पिक आयोजना भएको स्थान केन्दिल पार्कमा शनिबार बिहान शान्ति पदयात्रा गरिएको हो ।
अस्ट्रेलियाको नेपाली सामाजिक संस्था चितवन समाजले आयोजना गरेको कार्यक्रममा करिब डेढ सय जना सहभागी थिए । कार्यक्रममा सहभागी हुन म्याराथन धावक मानन्धर बिहीबार बिहान सिड्नी पुगेका थिए ।
कार्यक्रममा मानन्धरलाई २ हजार पाँच सय अस्ट्रेलियन डलर अर्थात् नेपाली दुई लाख रुपैयाँभन्दा बढी नगद र मायाको चिनो ट्रफीसहित सम्मान पनि गरिएको थियो । सो रकम शान्ति पदयात्रामा सहभागीहरुबाट संकलन गरिएको थियो ।
कार्यक्रममा नेपाली राष्ट्रिय झण्डासहित सहभागीहरु उपस्थित भएका थिए । कार्यक्रममा बोल्दै धाबक मानन्धरले आफ्नो खेलकुद जीवनको संघर्ष सुनाउँदै प्रवासमा संघर्ष गरिरहेका नेपालीहरुले आफूलाई सम्मान र माया गरेकोमा खुसी व्यक्त गरे । उनले यो सम्मान आफूलाई मात्रै गरेको नभइ नेपाललाई माया गरेको अनुभूति भएको बताए ।


