Breaking News.... EverestOnlineKhabar
June 28, 2026

विश्वकप क्रिकेटको ड्र सार्वजनिक, उद्घाटन खेलमा ईङल्याण्ड र साउथ अफ्रिका भिड्ने

Loading

एजेन्सी । आसन्न एकदिवसीय विश्वकप क्रिकेटको ड्र सार्वजनिक  भएको छ । उद्घाटन खेलमा घरेलु टोली ईङल्याण्ड र साउथ अफ्रिका भिड्ने भएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्शिल आईसीसीले सार्वजनिक गरेको ड्र अनुसार प्रतियोगिताको उद्घाटन खेलमा आयोजक र साउथ अफ्रिका भिड्ने तय भएको हो ।

विश्वकप क्रिकेट सन् २०१९ को मे ३० देखि १४ जुलाईसम्म हुनेछ । दि ओभल क्रिकेट मैदानमा उद्घाटन हुने प्रतियोगिताको फाईनल भने लर्ड्समा हुने छ । लड्समा यसअघि चारवटा विश्वकप क्रिकेटको उपाधि भिडन्त भईसकेका छन् ।

आईसीसीको बरियतामा रहेका आठ र छनोटबाट २ गरी १० टोलीले एकदिवसीय विश्वकपमा प्रतिस्पर्धा गर्नेछन् । लिग चरणका खेलहरु आईसीसीले सन् १९९२ मा निर्माण गरेको सबैले सबैसँग प्रतिस्पर्धा गर्ने फर्मेटमै खेलाइने भएको छ । ईङल्याण्ड र वेल्सले संयुक्त रुपमा आयोजना गर्ने एकदिवसीय विश्वकप क्रिकेट ११ स्टेडियममा हुने आइसीसीले जनाएको छ ।

वरियताको शीर्ष आठमा रहँदै अष्ट्रेलिया, ईण्डिया, साउथ अफ्रिका, ईङल्याण्ड, पाकिस्तान, न्युजिल्याण्ड, श्रीलंका र बंगलादेशले स्वत विश्वकपको टिकट काटेका थिए भने वेष्ट ईण्डिज र अफगानिस्तानले छनोट चरण पार गरी विश्वकपमा स्थान बनाएका हुन् ।

४६ दिनसम्म चल्ने विश्वकप क्रिकेटमा ९ जुलाईबाट सेमिफाईनल चरण सुरु हुनेछ । यसपटकको विश्वकप क्रिकेटमा कुल ४८ खेल हुने आईसीसीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.