![]()
एजेन्सी । रूसमा हुन लागेको ग्लोबल फुटबल फर फ्रेन्डशिप (एफफरएफ) कार्यक्रममा नेपालका बाह्र वर्षीय गिरिश मास्के र अनमेश रायमाझीले भाग लिने भएका छन ।
यही जुनमा रुसको मस्कोमा हुने कार्यक्रममा गिरिश यूवा फुटबलरका रुपमा भाग लिनेछन् । त्यहाँ ३२ टोलीबीच ग्याजप्रोम फुटबल फर फ्रेन्डसिप इन्टरनेशनल च्याम्पियनसिपअन्तर्गत मैत्रपूर्ण खेल हुने छ । अनमेश यूवा पत्रकारको रुपमा सहभागि हुनेछन् ।
फुटबल फर फ्रेन्डशिप, ग्याजप्रोम र फिफाको सहयोगमा यूवा फुटबलको विकाशका साथै स्वस्थ जीवनयापनका लागि प्रेरित गर्ने लक्ष्यका साथ सञ्चालित कार्यक्रम हो । उक्त कार्यक्रममा विश्वभरका बालबालिकाबीच एक अर्काको संस्कृती आदानप्रदानसमेत हुनेछ । दुई सय १० देशका यूवाको सहभागिता रहने सो कार्यक्रममा नेपालले पहिलो पटक भाग लिन लागेको हो ।
उनीहरुले विश्वकपको फुटबलको उद्घाटन कार्यक्रम तथा खेल हेर्न पाउने छन ।


