Breaking News.... EverestOnlineKhabar
June 28, 2026

Loading

एजेन्सी । आउँदो सेप्टेम्बरमा बंगलादेशमा हुने साफ च्याम्पियनसिप फुटबल २०१८ को ड्र बुधबार बंगलादेशको राजधानी ढाकामा भएको छ । सात देशको सहभागिता रहने प्रतियोगितामा नेपाल समूह ‘ए’ मा परेको छ । यो समूहमा नेपालसहित आयोजक राष्ट्र बंगलादेश, पाकिस्तान र भुटान रहेको छन् ।

यस्तै साबिक विजेता भारत समूह ‘बी’ मा परेको छ । यो समूहमा माल्दिभ्स र श्रीलंका छन् ।

प्रतियोगिता ढाकामा आउँदो सेप्टेम्बर ४ देखि १५ सम्म हुनेछ । सार्कमा ८ देश रहे पनि अफगानिस्तान मध्य एसियामा गएकाले सात देशको मात्रै सहभागिता रहने छ ।

नेपाल अहिलेसम्म साफ च्याम्पियनसिपको सेमिफाइनल भन्दा अघि पुग्न सकेको छैन । पछिल्लो संस्करणमा समूह चरणबाटै बाहिरिएको नेपाल २०१३ मा सेमिफाइनलमा पराजित भएको थियो ।

समूह चरणमा सबै टिमले एक अर्कासँग खेलेपछि समूहको शीर्ष दुई स्थानमा रहने टोली सेमिफाइनलमा प्रवेश गर्ने छन् । नेपालले समूह चरणमा तीन खेल खेल्नु पर्नेछ । यस्तै समूह बी मा तीन टोली मात्रै भएकाले त्यो समूहका टोलीले समूह चरणमा मात्रै दुई खेल खेल्नु पर्नेछ । दुवै समूहको शीर्ष दुई स्थानमा रहने टोली सेमिफाइनलमा पुग्ने भएकाले समूह ‘ए’ बाट दुई तथा समूह ‘बी’ बाट एउटा मात्रै टोली समूह चरणकै खेलबाट घर फर्किने छन् ।

बंगलादेशमा यो प्रतियोगिता हुन लागेको तेस्रो पटक हो । यसअघि सन् २००३ र सन् २००९ मा बंगलादेशमा प्रतियोगिता भएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.