Breaking News.... EverestOnlineKhabar
June 28, 2026

एकमात्रै कुसुण्डा राजामामाको निधन

Loading

तनहुँ,बैशाख ।
नेपालकै एकमात्र कुसुण्डा भाषी कुसुण्डा राजामामाको निधन भएको छ । व्यास नगरपालिका वडा नम्बर – १०, डिही गाउँमा बस्दै आएका कुसुण्डा राजामामाको बुधबार बिहान निधन भएको नेपाल आदिवासी जनजाती महासंघ तनहुँले जनाएको छ ।
मंगलबार राती सकुशल राजामामाको बुधबार बिहान ४ बजे शौचालय गएर फर्किने क्रममा घरअघि लडेको र कोठा भित्र आराम गर्दा गर्दै उनको मृत्यु भएको कुसुण्डा राजामामाकी श्रीमती इन्द्रमाया कुसुण्डाले बताइन् ।
लोपोन्मुख कुसुण्डा जातिका कुसुण्डा राजामामा नेपालका एकमात्र कुसुण्डा भाषीको रुपमा रहँदै आएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.