Breaking News.... EverestOnlineKhabar
June 28, 2026

Loading

एजेन्सी । भारतीय हास्य कलाकार राजपाल यादव र उनकी पत्नी राधा यादव ५ करोड ’ऋण फिर्ता’ मुद्दामा दोषी ठहर भएका छन ।
बलिउडका फिल्महरु चुप चुपके, ढोल, भुल भुलैया जस्ता फिल्मबाट अमिट छाप छोड्न सफल राजपाल दोषी रहेको ठहर हालै दिल्ली अदालतले गरेको हो। लिएको ऋण चुक्ता नगर्दा उनीमाथि मुद्दा दर्ता भएको थियो।

कलाकार राजपाल यही मुद्दापछि बलिउडमा कमजोर कलाकारका रुपमा चिनिएका थिए। नेपालका प्रधानमन्त्री भारत भ्रमणमा जाँदा कलाकारहरुसँगको भेटमा भने राजपाल अग्रपङ्तिमा थिए।

एकजना दिल्लीमा आधारित फिल्म निर्मातासँग सन् २०१० मा ऋण लिएका राजपाल र राधा यादवले रकम फिर्ता गरेनन्। यो विषय यति धेरै चर्कियो कि राजपालका ऋण नतिरेका अरु घटनाहरुको पनि पर्दा खुल्यो। घटनाले यादवको फिल्मी जीवन नै संकटमा पर्यो ।

सन् २०१३ मा यही प्रकरणमा राजपाल यादव तीन दिन जेल परेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.