![]()
काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले व्यक्ति हेरेर काम नगर्न मातहतका प्रहरी अधिकारीलाई निर्देशन दिएका छन्।
आइतबार प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित ब्रिफिङमा प्रहरीमा व्यक्ति हेरेर काम गर्ने शैली मौलाएको भन्दै यसलाई अन्त्य गरी समान व्यवहार गर्न उनले निर्देशन दिएका हुन्।
निर्देशनकाक्रममा खनालले भने, ‘कुनै पनि प्रलोभनमा परेर काम नगर्नु, गुण्डाहरुसंग उठबस नगर्नु । ’
महानिरीक्षक खनालले प्रहरीको छवि सुधार्नका लागि इमानदार भएर काम गर्नुपर्ने बताए। खनालले आइतबार उपत्यकाभित्र कार्यरत जुनियरदेखि सिनियर प्रहरीसँग ब्रिफिङ लिँदै निर्देशन दिएका हुन्।


