Breaking News.... EverestOnlineKhabar
June 28, 2026

बोको हरामले कब्जामा लिएका अधिकांश बालिकाको हत्या गरेको खुलासा

Loading

बीबीसी । नाईजेरियामा क्रियाशिल बिद्रोही समूह बोको हरामले कब्जामा लिएका अधिकांश बालिका मारिसकेको खुलेको छ ।

बोको हरामको सम्पर्कमा रहेका नाईजेरियाली एक पत्रकारले बोको हरामको कब्जामा रहेका ११२ बालिका मध्ये १५ जनामात्र जीवित रहेको बताएका हुन् । अहमद सलकिदा नामका ती युवकले बोको हरामसँग गरेको छलफलमा बोको हरामले आफ्नो कब्जामा रहेका बालिका मारिइसकेको बताएको हो ।

चार बर्षअघि २७६ जना स्कूले बालिका अपहरण गरेकोमा केही भने छुटेका थिए । नाइजेरियन सरकारले भने बालिका मारिनुपर्ने कुनै कारण नभएको जनाएको छ ।

साल्किदालाई नाइजेरियाका पूर्वराष्ट्रपति गुडलक जोनाथनले स्कुले बालिका अपहरणमा परेपछि कब्जामुक्त प्रयासका लागि आग्रह गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.