![]()
एजेन्सी । ब्याटिङ नचलेपछि डिभिजन टू को तयारीमा रहेको नेपाल तेस्रो अभ्यासमा खेलमा पराजित भएको छ।
युएई ए सँगको तेस्रो अभ्यासमा नेपाल ६४ रनले हारेको हो । २१६ रनको लक्ष्य पछ्याएको नेपाल ३८.५ ओभरमा अलआउट हुँदै १५१ रन मात्र बनाउन सक्यो।
नेपालले ओपनर दीलिप नाथलाई शुन्यमै गुमाएको थियो। त्यसपछि ब्याट्रिङ गर्न क्रिज पुगेका शरद भेषावकर पनि १ रन मात्र बनाएर आउट भए। कप्तान पारस खड्काले सर्वा्धिक ४१ रन बनाए भने दीपेन्द्र सिंह ऐरीले २६, ज्ञानेन्द्र मल्ले २४, अनिल कुमार साहले २१ तथा आरिफ शेखले १९ रन बनाए।
अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन्। नेपाललाई अलआउट गर्न युएई ए का कार्तिक माएप्पनले सर्वा्धिक ४ विकेट लिए। यस्तै हजरत बिलाल र माथिउल्लाह खानले २÷२ विकेट लिए।
त्यसअघि दुबईस्थित बइसीसी एकेडेमी ओभचल टु मा टस जितेर पहिले ब्याटिङ गरेको युएई ए ले चिराग सुरीको ८५ तथा अली मिर्जाको नटबउट ४२ रनको मद्दतमा ९ विकेट गुमाएर २१५ रन बनाएको थियो। बलिङमा नेपाललका लागि बर्थ डे ब्वाइ सोमपाल कामीले ३ तथा ललित भण्डारीले २ विकेट लिए।
अन्तिम खेलमा पराजित भएको नेपालले ३ खेलको अभ्यास सिरिज २–१ ले जितेको छ। आगामी बिहीवारबाट सुरु हुने डिभिजन टू खेल्न नेपाली टोली पर्सी आइतवार नामिविया प्रस्थान गर्नेछ।


