काठमाडौं कांडाघारीमा अक्षरा शैक्षिकप्रदर्शनी, आर्कषणको केन्द्र ड्रोन

काठमाडौं ।काठमाडौं काँडाघारीस्थित अक्षर स्कूलले आफना बिद्यार्थीहरुद्वार निर्मित शैक्षिक सामग्रीको प्रदर्शनी गरेको छ । बिद्यालयमा ७ कक्षामा अध्यनरत विद्यार्थी केल्भिन संग्रौलाले तयार गरेको ड्रोन उडाएर प्रदर्शनी सुरु गरिएको थियो ।

कलेजस्तरका विद्यार्थीले यसअघि ड्रोन बनाएर सफल उडान गरेपनि सात कक्षाको विद्यार्थी आफैंले ड्रोन बनाएर उडाएको यो नै नेपालको पहिलो घटना हो ।

प्रदर्शनीको कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख कृष्णहरि थापाले उद्घाटन गर्नुभयो । उहाँले अक्षरा स्कुल कागेश्वरी मनोहरा नगरपालिकाकै गहना भएको उल्लेख गर्नुभयो ।

शैक्षिक प्रर्दशनीमा विद्यालयका सबै विद्यार्थीलाई सहभागी गराएर शैक्षिक स्टल राखिएका थिए । प्रर्दशनीमा विज्ञान, नेपाली, इतिहास, भुगोल, प्रदेश, जलविद्युत, सडक, कम्प्युटर, मोवाइल र यससंग सम्वन्धित सफ्टवेयर लगायतगरि ६० स्टल रहेको बिद्यालयकी प्रिन्सिपल अञ्जु भट्टराईले बताउनुभयो ।

विद्यार्थीमा रहेको प्रतिभा उजागर गर्ने र कक्षामा सिकेका कुरा व्यवहारमा उतार्न प्रदर्शनी आयोजना गरिएको विद्यालय सञ्चालक समितिका अध्यक्ष राधेश्याम खड्काले बताउनुभयोे ।

प्रर्दशनी हेर्न काँडाघारी र आसपासका विभिन्न २ दर्जन विद्यालयका विद्यार्थीको साथै अभिभावक र शुभचिन्तकहरुको सहभागिता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

सूचना, परिवर्तन र सम्रिद्धीको लागि संचार