Breaking News.... EverestOnlineKhabar
July 4, 2026

वाम एकता संयोजन समिति बैठकमा पार्टी एकताको विषय नै छाँयामा……

Loading

काठमाडौ,माघ ।
एमाले र माओवादी केन्द्रबीच पार्टी एकतासम्बन्धी छलफल दुई अध्यक्षमै सीमित भएपछि वाम एकता संयोजन समिति बैठक औपचारिकतामै सिमित हुनपुगेको छ । एमाले अध्यक्ष केपी ओलीको निवासमा बिहीबार बसेको बैठक पनि ठोस निर्णय बिनै टुंगियो ।
बैठकमा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एकतासम्बन्धी छलफल सकारात्मक दिशामै रहेको भनी ब्रिफिङ मात्र गरे । बैठकमा दुई दलबाट मुख्यमन्त्री र मन्त्रीहरूको बाँडफाँट टुंग्याउन गठित कार्यदलका नेता पनि सहभागी थिए । उनीहरूले पेस गरेको प्रतिवेदन बैठकले अनुमोदन गर्‍यो ।
७० र ३० प्रतिशतका आधारमा मन्त्रीहरूको पद बाँडफाँट गर्ने, मुख्यमन्त्री र सभामुख एमालेले ४, ४ र माओवादीले २–२ लिने प्रतिवेदनमा उल्लेख छ । पार्टी एकताबारे भने बैठकमा ठोस छलफल भएन ।‘कार्यदलले दिएको रिपोर्टलाई संयोजन समितिले अनुमोदन गरेको छ,’ कार्यदल सदस्यसमेत रहेका एमाले नेता सुरेन्द्र पाण्डेले भनेः‘अन्य विषयमा धेरै छलफल नै भएन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed