Breaking News.... EverestOnlineKhabar
May 3, 2026

दीपक मनाङेलाई ५ वर्ष जेल, प्रदेशसभा सदस्य पद अब के हुन्छ ?

Loading

काठमाडौ,माघ ।
मनाङबाट प्रदेशसभा सदस्यमा निर्वाचित दीपक मनाङेका नामले परिचित राजीव गुरुङलाई ५ वर्ष कैद सजाय गर्ने तत्कालीन पुनरावेदन अदालत पाटनको फैसला सर्वोच्च अदालतले सदर गरेको छ । न्यायाधीशद्धय दीपकराज जोशी र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले मंगलवार तत्कालीन पुनरावेदन अदालत पाटनको आदेशलाई सदर गरेको हो ।
हालसम्म अदालतले तोकेको कैद सजाय भुक्तान नगरेका कारण मनाङे अब काराबास बस्नुपर्नेछ । विसं २०६१ सालमा चक्रे मिलन लगायतसमूहलाई दीपक मनाङे समूहले खुकुरी प्रहार गरेको थियो । मनाङे समूहको आक्रमणबाट चक्रे मिलनको टाउकोमा गम्भीर चोट लागेको थियो भने हात चुडिएको थियो । उपचारपछि उनको हात जोडिएको थियो । उक्त घटनाको उजुरी दर्ता भएपछि प्रहरीले मनाङेलगायत विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेको थियो ।
दीपकसहित उक्त समूहका रेवत कार्की, उमेश सुनुवार, गणेश लामा र उमेश लामालगायत १२ जना जोडिएको उक्त मुद्दामा जिल्ला अदालतले कर्तव्य ज्यान नभई कुटपिट ठहर गरी केहीलाई २ वर्ष कैद सजायको फैसला गरेको थियो । जिल्ला अदालतको निर्णयविरुद्ध सरकारी वकिल कार्यालयले २०६९ सालमा पुनरावेदन अदालत पाटनमा पुनरावेदन गरेको थियो ।

पुनरावेदन अदालतले सरकारी दाबीअनुसार ज्यान मार्ने उद्योग गरेको ठहरसहित मनाङेलाई ५ वर्षको जेल सजाय सुनायो भने अन्य चार जनालाई सफाइ दियो । अरु ४ जनालाई पनि कारवाहीको माग गर्दै उक्त मुद्दा सर्वोच्चमा आइपुग्यो । सर्वोच्चले मंगलबार मनाङेको हकमा केही बोलेको छैन तर उनीसहित मुद्दामा ४ जनाले सफाइ पाउने पुनरावेदन अदालतको फैसला सदर गरेकाले मनाङेमाथि कैद सजायसमेत सदर भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed