![]()
काठमाडौ,माघ ।
नियमित स्वास्थ्य परिक्षणका लागि २६ पुसमा बैंकक गएका एमाले अध्यक्ष केपी शर्मा ओली माघ ४ गते दिउँसो मात्र स्वदेश फर्कने भएका छन्। बैंककमै रहेका प्रेस संयोजक चेतन अधिकारीले अध्यक्ष ओली माघ ४ गते बिहिबार दिउँसो १२ः३० बजे मात्र स्वेश फर्कने जनाएका हुन्।
बैंकक तर्फ प्रस्थान गर्नुअघि ओलीले आफू २ माघमा काठमाडौं फर्कने बताएका थिए। ओलीको अनुपस्थितिमा एमाले–माओवादी एकता र संयुक्त कार्यदलको कामले गति लिन सकेको छैन।
ओलीको स्वास्थ्यमा कुनै समस्या नदेखिएपछि उनको साथमा गएका दुई चिकित्सक पनि काठमाडौं फर्किसकेका छन्। ती मध्ये डा. दीब्या सिंह शनिबार नै काठमाडौं फर्किन् भने डा. यादव भट्ट आइतबार काठमाडौं फर्केका छन्।
नियमित स्वास्थ्य परिक्षण सकिए पनि ओलीले बैंकक बसाईलाई लम्ब्याउनुको प्रष्ट कारण खुलेको छैन।तर,स्वास्थ्य परिक्षण गर्न गएको भनिएपनि राजनीतिक भेटघाट समेत रहेकाले ओली केहिदिन बैंककमा राजनीतिक भेटघाटमा व्यस्त रहने स्रोतको भनाई छ ।


