Breaking News.... EverestOnlineKhabar
March 12, 2026

गीत, संगीत र साहित्यबाहेक केही नदेख्ने यी ‘सुरेन्द्र’

Loading

सुरेन्द्र महर्जन ‘अमर’ नेपाली कला क्षेत्रमा सुपरिचित नाम हो । लामो समयदेखि नेपाली गीत, संगीत र साहित्यमा समर्पित महर्जनसंग हाम्रा संवाददाताले कुराकारी गर्नुभएको छ । प्रस्तुत छ, बहुआयामिक प्रतिभाका धनी महर्जनसंगको साक्षात्कार

नेपाली गीत संगीतमा धेरै भन्दा धेरै नयाँ नयाँ गीतहरू निस्केका छ्न । के सबैले बजार पाउँन सक्ला त ?

पृथ्वीले जसरी मान्छेहरू आफ्नो छातीमा अटाएर मान्छेहरूलाई घर वास दिन सक्छ नि, हो मलाई पनि लाग्छ जतिसुकै नयाँ गीत गीतहरू बजारमा आए पनि बजार पाउँछ जस्तो लाग्छ किन कि जस्तो जिब्रोको फरक स्वाद छुट्टाछुट्टै पहिचान गर्छ उस्तै जतिसुकै नयाँ गीत नेपाली बजारमा आए पनि बजार त पाउँछ नै किन भने कसैलाई कस्तो गीत मन पर्छ कसैलाई कस्तो ।

अनि नेपाली गीतले जीवन धान्न सकिन्छ त ?
सुरेन्द्र स् सायदै नाम चलेका गायकरगायिकाहरूले अवश्य पनि गीत संगीतको माध्यमबाट अहिले पनि आफ्नो लगायत परिवार धानेको छ । एल्बम निकालेर दुइ चार वटा गीत गाएर मात्र जीवन धान्न र्गाहो नै छ । गीत गाएर जिन्दगी जीउन त मैले हेर्दा र बुझ्दा धेरै र्गाहो भएकोले म त सक्दिन भन्छु ।

फेरि पनि तपाई निरन्तर गीत संगीत र साहित्य क्षेत्रमा लागि रहनु भएको छ यसमा उपलब्धि भएरै त होला नि, ३१र३२ वर्ष भै सकेको साहित्य क्षेत्रमा लागेको तपाईंको यात्रा हैन त ?
हुन त मैले २०४२ सालमा साहित्य लेखन क्षेत्रमा लागें यसका अलावा २०५१र०५२ सालमा राष्ट्रिय नाच घर जमलमा संगीतको शिक्षा लिएको थिएँ अनि २०५१ सालमा नाफा हल नक्सालमा आफ्नो चित्रकारीता प्रर्दशनी गर्ने अवसर प्राप्त गरेको थिएँ । २०५५ बाट मेरो रचना कृतिको रूपमा निस्कन सुरु भएको हो र २०७२ बाट एल्बमको रूपमा पनि कृति निस्कियो अहिलेसम्म एल्बम चार वटा र पुस्तकहरू गरेर जम्मा १६ वटा कृति प्रकाशित भएको छ । अझै पनि पुस्तक र एल्बम निस्कने क्रममा छ ।

भाग्य गीति चलचित्र पनि आउँदै छ भनेको के सत्य हो ?
मेरो आठौं कृति “भाग्य“ गीतिनाटक पुस्तकलाई नै मैले चलचित्रमा ल्याउन खोजेको हुँ । चलचित्रमा निता ढुंगाना र एस राजको मुख्य भुमिका रहेको छ यस चलचित्रको निर्देशन रोशन कुमारले गर्नु भएको छ भने सरिता महर्जन निर्माता रहनु भएको छ । चलचित्र अरु फिल्म भन्दा फरक र भिन्न छ गीतै गीतबाट बोलिने उक्त चलचित्रको सुटिङ पनि सकिएको र सार्वजनिक गर्ने तर्खरमा रहेको छु यस चलचित्रमा सबै समावेस सबै गीतहरू संगीतकार राम कार्कीको रहेको छ भने चलचित्रमा संगीतकार सन्तोष श्रेष्ठ र राज कुमारको पनि संगीत रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.