Breaking News.... EverestOnlineKhabar
May 1, 2026

Loading

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नयाँ सरकार गठन हुनु अघि नै नेकपा एमालेसंग पार्टी एकता भैसक्ने दाबी गर्नुभएको छ ।

प्रेस चौतारी चितवन र प्रेस सेन्टर चितवनले बिहीबार भरतपुर विमानस्थलमा गरेको संयुक्त पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष दाहाले सरकार गठनको बाटो खुलिसकेकोले अब पार्टी एकीकरणले पनि गति लिने बिश्वास व्यक्त गर्नुभयो । पार्टी एकताका बिषयमा सबै छलफल सकारात्मक रहेकाले बाहिर हल्ला भएजस्तो कुनै मतभेद नभएको उहाँले बताउनुभयो ।

पार्टी एकताहुँदा दुई दलका नेतालाई समुचित भूमिका दिनेमा यसअघि नै सहमति भइसकेकाले थप विवाद नभएको उहाँले प्रष्ट पार्नुभयो । उहाँले आफूले अध्यक्ष र प्रधानमन्त्रीभन्दा पनि सुशासन, समृद्धि र राष्ट्रिय एकतामा जोड दिएको उल्लेख गर्नुभयो ।

राष्ट्रिय सभाको निर्वाचनलगत्तै सरकार गठन हुने समेत उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed