Breaking News.... EverestOnlineKhabar
May 1, 2026

ट्रम्पद्वारा बेइमान र भ्रष्ट मिडिया अवार्ड घोषणा

Loading

बिबिसि । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी साता सर्वाधिक बेइमान तथा भ्रष्ट मिडिया अवार्ड घोषणा गर्ने बताएका छन् ।
मूलधारका सञ्चारमाध्यमप्रति आक्रोश व्यक्त गर्दै ट्रम्पले अब बेइमान र भ्रष्ट मिडियो को हो भनी सबैले चिन्नुपर्ने बताए ।

सीएनएन, एबीसी न्युज, द न्युयोर्क टाइम्स र द वासिङटन पोस्ट सहित अमेरिकी मूलधारका सञ्चारमाध्यमसँग ट्रम्पको सम्बन्ध तनावपूर्ण रहेको छ । ट्रम्पले ती मिडिया नक्कली भएको बताउँदै आएका छन् ।

ट्रम्पले ट्विट गर्दै भने, ‘सोमवार ६ बजे म यो वर्षकै सर्वाधिक बेइमान एवं भ्रष्ट मिडिया पुरस्कार घोषणा गर्नेछु।’
उनले उक्त पुरस्कारका लागि छनोट हुने केही आधार पनि बताएका छन् । ट्रम्पले भने, ‘मिडियाका तर्फबाट विभिन्न श्रेणीमा कपटपूर्ण र खराब रिपोर्टिङ भएका झूटो समाचार सामेल हुनेछन्।’

उनले समाचार च्यानल फक्स न्युजप्रति भने कुनै टिप्पणी गरेनन्। नोभेम्बरमा ट्रम्पले फर्जी समाचार ट्रफीका लागि समाचार सञ्जालबीच प्रतिस्पर्धा भइरहेको ट्विट गरेका थिए। उनले एउटा प्रतियोगिता गर्नुपर्ने बताएका थिए । सीएनएन सहित न्युज च्यानलहरुमा सबैभन्दा बेइमान र भ्रष्ट हुन्छ, त्यो छुट्याउनुपर्ने आग्रह गरेका थिए ।

ट्रम्पले भने, ‘विजेता मिडियालाई फेक न्युज ट्रफी दिइनेछ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed