Breaking News.... EverestOnlineKhabar
May 1, 2026

सभापति देउवा महासमिति बोलाउन तयार…नेतृत्व परिर्वतन होला ?

Loading

काठमाडौ,पुस ।
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीको पराजयपछि नेतृत्वको चर्को आलोचना भइरहेका बेला कांग्रेस सभापति शेरवहादुर देउवा महासमिति बैठक बोलाउन तयार देखिएको छ । तर नेतृत्व परिवर्तनसम्म हुनेगरी विशेष महाधिवेशनमा भने जान नसकिने कांग्रेस नेतृत्वको तयारी छ ।
कांग्रेसका नेताहरु चन्द्र भण्डारी, गगन थापा, प्रदिप पौडेल, धनराज गुरुङ लगायतका नेताहरु भने तत्काल केन्द्रीय समितिको बैठक हुँदै महासमितिमा पुगेर विशेष महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्नुपर्ने पक्षमा छन् ।
सभापति शेरबहादुर देउवा निकटका नेता बालकृष्ण खाँणले महासमिति बैठक बोलाउने तर नेतृत्व परिवर्तनसम्मको बहसले स्थान नपाउने बताउँछन् । नेता खाँणले केन्द्रीय कार्य समिति बैठकमार्फत पार्टीको महासमिति बैठक डाकिए पनि केही नेताहरुले भनेअनुसार नेतृत्व परिवर्तन अहिले नहुने तर्क गर्छन् ।
कांग्रेसले केन्द्रीय समिति बैठकपछि डाक्ने महासमिति बैठकमा पार्टीको आगामी रणनीति तय गर्नेदेखि लिएर विधान संशोधनसम्म गर्नुपर्ने अवस्था रहेको उनको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed