![]()
काठमाडौ,११ मंसिर ।
काठमाडौ क्षेत्र नम्बर १ को प्रदेशसभा ‘क’ बाट नेपाली कांग्रेसका युवा एंव जुझारु नेता दिपेन्द्र श्रेष्ठको पक्षमा जनलहर आएको छ । मतदानको समय जति नजिकिँदैछ त्यत्ति नै उम्मेद्वार श्रेष्ठको पक्षमा जनलहर आउन थालेपछि अव श्रेष्ठको जित प्राविधिक रुपमा मात्र बाँकी रहेको स्वयम् श्रेष्ठका प्रतिष्पर्धी उम्मेद्वारहरुले समेत स्वीकार गर्न थालेका छन् । त्यसो त प्रभावशाली नेता श्रेष्ठले चुनावी अभियानलाई पनि निकै व्यवस्थित बनाएका छन् । 
नेपाली विद्यार्थी संघका युवा तथा प्रभावशाली नेता सागर भट्टराईको नेतृत्वमा सयौँ युवा तथा विद्यार्थी नेता तथा कार्यकर्ताहरु समेत क्षेत्र नम्बर १ को चुनावी अभियानमा युद्ध स्तरमा खटिएका छन् । यसले पनि काठमाडौ क्षेत्र नम्बर १ कांग्रेसमय भएको छ । त्यसो त विद्यार्थी नेता भट्टराई आफैमा यो क्षेत्रका चर्चित तथा सुपरिचित युवा हुन् । उनकै नेतृत्वमा युवा परिचालन भएपछि चुनावी माहोल शिखरमा पुग्ने नै भयो । नेता भट्टराई नेतृत्वको युवा तथा विद्यार्थीको टोली दिनरात चुनाव आफ्ना उम्मेद्वारहरुको पक्षमा पार्न खटिरहेको छ ।
हुनत क्षेत्र नम्बर १ को प्रदेशसभा ‘क’ का उम्मेद्वार युवा तथा प्रभावशाली नेता दिपेन्द्र श्रेष्ठ उम्मेद्वारको रुपमा क्षेत्रिय समितिबाट सिफारिस भएदेखि नै निकै चाँसो र चर्चाको केन्द्रविन्दुमा रहेका छन् । यति मात्र नभई उम्मेद्वार बन्ने निश्चित भएपछि श्रेष्ठको चर्चा झन् चुलिएको थियो । युवा,बौद्धिक व्यक्ति र स्थानीय माझ निकै लोकप्रिय रहेका युवा नेता श्रेष्ठले निर्वाचनको क्रममा ल्याएको नाराले उनीप्रति आममतदातको आर्कषण झ्न चुलिएको छ ।
श्रेष्ठले यस क्षेत्रको भौगोलिक,सामाजिक ,धार्मिक साथै बिपन्न र निम्न आय, सिमित आय भएका जन समुदायलाई एक घर एक रोजगार भन्ने नारा ल्याएर मतदाता माझ पुगिरहेका छन् । श्रेष्ठको यो नारा र संकल्पले यस क्षेत्रका मतदाता र जनता अनपेक्षित रुपले श्रेष्ठको पक्षमा देखिएका छन् ।
यस क्षेत्रमा सत्यवादी युवा समेत भनेर चिनिने प्रदेश नम्बर क का युवा नेता श्रेष्ठले सरकारी जग्गा हडपेर बसेका भु–माफियाबाट जग्गा फिर्ता लिन सफल भएका छन् । यो घटनाले पनि यस क्षेत्रका जनतामाझ मुटुका ढुकढुकी जस्तै बनेका श्रेष्ठले खाली जग्गामा सामुदायिक हितमा हुने काम लागि र अन्य प्रयोजनको लागि सामुदायिक भवन र आवश्यकता हेरि पार्क निर्माण कार्यलाई प्राथमिकतामा राखेर कार्ययोजना समेत बनाएका छन् ।
विद्यार्थी राजनीतिबाट राष्ट्रिय राजनीतिमा आएका चर्चित युवा नेता श्रेष्ठले विद्यार्थीका समस्यालाई पनि उत्तिकै प्राथमिकतामा राखेका छन् । श्रेष्ठले विद्यार्थीका सबै खाले समस्याको समाधान गर्न विद्यार्थीको माझमै हुनुपर्नेमा जोड दिएका छन् । उनले विद्यार्थीहरुमा पढाईको मात्र समस्या नभई आर्थिक र सामाजीक समस्या पनि हुने भएकाले यसतर्फ राज्यको ध्यान जानु जरुरी रहेको बताएका छन् । आफुले विद्यार्थीका समस्या राम्ररी बुझेको भन्दै प्रदेशसभा उम्मेद्वार श्रेष्ठले विद्यार्थीका सबै खाले समस्या समाधान गर्न आफु अग्रसर हुने संकल्प व्यक्त गरेका छन् ।


