Breaking News.... EverestOnlineKhabar
July 2, 2026

प्रधानमन्त्री देउवाद्वारा निर्वाचन उत्साहपूर्वक सम्पन्न भएकोमा आम नेपालीलाई धन्यवाद ज्ञापन

Loading

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा र प्रदेशसभाको प्रथम चरणको निर्वाचन उत्साहपूर्वक सम्पन्न भएकामा आम नेपालीमा धन्यवाद ज्ञापन गर्नुभएको छ ।

प्रधानमन्त्री देउवाले विज्ञप्तिमार्फत लोकतन्त्रको सबैभन्दा ठूलो उत्सव निर्वाचनलाई शान्तिपूर्ण, विवेकपूर्ण र उत्साहजनक रुपमा सम्पन्न गर्न सहयोग पु¥याउने सबैमा धन्यवाद ज्ञापन गर्नुभएको हो ।

दोस्रो चरणको निर्वाचन मंसिर २१ गते पनि स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको अवगत गराउँदै उहाँले तीनवटै निर्वाचन सम्पन्न भइसकेपछि मुलुक राजनीतिक स्थायित्व र आर्थिक समृद्धिको नयाँ युगमा प्रवेश गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

संविधानले पहिलोपटक मुलुकको सार्वभौमसत्ता अधिकार नेपाली नागरिकमा निहित गरेको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले नेपाली नागरिकले प्राप्त सार्वभौम अधिकारको प्रयोग निर्वाचनका माध्यमबाट गरेकोमा खुशी व्यक्त गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed