Breaking News.... EverestOnlineKhabar
June 27, 2026

राजनीतिक लाभ लिन प्रचण्डको अर्को क्षेप्यास्त्र, बाँदरमुढे घटनाका दोषीलाई कारवाही गर्ने आश्वासन

Loading

चितवन । राजनीतिक लाभका लागि ठाउँ र परिस्थिति अनुसार आफूलाई ढाल्न खप्पिस नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनको बाँदरमुढे घटनाका दोषीलाई कारबाही गर्न तयार रहेको बताएका छन् ।

चितवनको माडीमा आयोजित भलिबल प्रतियोगिताको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले सत्य निरुपण तथा मलमिलाप र बेपत्ता छानविन आयोगले काम गरिरहेकाले आयोगले दोषी ठहर गरे संलग्नहरुलाई कारबाही गरिने बताए ।

प्रचण्डले आफूले घटना भएलगत्तै गल्ती भएको स्वीकार गरेको बताए । उनले सरकार परिवर्तन भइरहने गरेकाले बाँदरमुढे घटनाका पीडितको सबै माग पूरा गर्न नसकेको र वामपन्थी सरकार बनेपछि पूरा गर्ने आश्वासन दिए ।

प्रचण्डले चुनाव जित्न लागि मात्र नभई राष्ट्रको नेतृत्व गर्न चितवन आएको बताए । २०६२ साल जेठ २३ गते माओवादीले थापेको विद्युतीय धरापमा बस पर्दा ३८ सर्वसाधारणको मृत्यु भएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.