![]()
बिबिसि । विश्व नम्बर एक रफायल नाडालले पेरिस मास्टर्स कप टेनिस प्रतियोगिता त्यागेका छन । क्वाटरफाइनलमा स्थान बनाएका स्पेनिस नाडालले घुँडाको चोटका कारण प्रतियोगिता छाडेका हुन ।
नाडालले शुक्रबार क्वाटरफाइनलमा सर्बियाका फिलिप क्राजिनाविकसँग खेल्नु पर्ने थियो तर चोटका कारण उनले खेल अघि नै प्रतियोगिताबाट बाहिरिनु परेको छ । तेस्रो चरणअन्तर्गत पाब्लो कुइवाससँगको खेलमा नाडालको घुँडामा चोट लागेको थियो ।
नाडालले आफू लण्डनमा १२ नोभेम्बरदेखि १९ नोभेम्बरसम्म हुने यो सिजनको अन्तिम प्रतिस्पर्धामा फिट भएर फर्किन सक्दो प्रयास गर्ने बताएका छन् ।


