![]()
काठमाडौं । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले मन्त्रिपरिषद विस्तारले निर्वाचन आचारसंहिता उल्लघंन नभएको पुनः दोहर्याउनु भएको छ । काभ्रेको धुलिखेलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रमुख आयुक्त यादवले मन्त्रिपरिषद विस्तार राजनीतिक बिषय भएकाले आयोग त्यसमा फस्न नचाहेको स्पष्ट पार्नुभयो । उहाँले मन्त्रिपरिषद विस्तारले निर्वाचनको निष्पक्षतामा कुनै असर नगर्ने समेत उहाँले बताउनुभयो ।
प्रमुख आयुक्त यादवले भन्न्भयो, ‘नेपालमा अस्थिर सरकार रहेकाले मन्त्रिपरिषद् हेरफेर भइरहन्छ, निर्वाचनमा अशर गर्दैन । ’
यादवले त्यसअघि निर्वाचन सामाग्री तथा लेखा व्यवस्थापन प्रशिक्षक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्रीहरुबाट आचारसंहिता उल्लघंन हुन सक्ने भन्दै निगरानीका लागि प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिनुभएको थियो । उहाँले भन्नुभयो, ‘मन्त्रिपरिषद्को आकार ठूलो छ, अब मन्त्रीहरु प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनमा उम्मेदवार बन्न सक्छन् र आफ्नो निर्वाचन क्षेत्र जान्छन । त्यतिबेला सिडिओसापहरुको भूमिका हुन्छ, कुनै मन्त्रीको पछि नलाग्नुहोला, तपाईहरु जनताको सिडिओ हो, कुनै पार्टीको सिडिओ हैन ।’
यादवले जिल्लाका निर्वाचन अधिकृत, कोष नियन्त्रक र लेखाका कर्मचारीलाई बेरुजु नरहने गरी काम गर्न निर्देशन दिनुभयो ।


