Breaking News.... EverestOnlineKhabar
July 1, 2026

फेवातालमा खसेका ६ प्याराग्लाइडिङका १३ जनाको सकुशल उद्दार, सबैको अवस्था सामान्य

Loading

काश्की । पोखराको फेवातालमा खसेका ६ वटा प्याराग्लाडिङका १३ जनाको सकुशल उद्दार भएको छ । कास्कीको सराङकोटबाट उडेका यात्रुसहितका छ वटा प्याराग्लाइडिङ तीव्र गतिको हावाका कारण अनियन्त्रित भइ फेवातालमा खसेका थिए ।

काश्की प्रहरीका अनुसार ग्लाइडरसहित फेवातालमा खसेका १३ जनाको उद्दार गरिएको हो । पाइलट र यात्रु सकुशल रहेको प्रहरीले जनाएको छ । पाँचवटा टेण्डम फ्लाइट र एउटा सोलो फ्लाइटको प्याराग्लाइडर फेवातालमा खसेको थियो ।

प्याराग्लाइडर सिधै नभएर हावाको चाप अनुसार विस्तारै सुरक्षित रुपमा तालमा खसेकाले क्षति नभएको बताइएको छ ।  प्याराग्लाइडर तालमा खसेलगत्तै त्यहाँ तैनाथ उद्धारकर्मीहरूले डुंगाको सहायताले तत्कालै उद्दार गरेका थिए ।

एयर स्पोर्टस एशोसियसन, जलारी समूह लगायतको डुंगाले यात्रु र पाइलटको उद्दार गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed