![]()
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीले सरकारबाट आफना मन्त्रीहरुलाई हटाउने तयारी गरेपछि आक्रोश व्यक्त गरेका छन ।
अखिल क्रान्तिकारीको पदाधिकारी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने, ‘हाम्रा मन्त्रीहरुको अवस्था के हुन्छ भन्ने चासो व्यक्त हुन थालेको छ । आजै प्रधानमन्त्रीसँग भेट्छु, उहाँले चाहेको के हो ? त्यसैका आधारमा हामी निर्णयमा पुग्छौं ।’
प्रदेश र प्रतिनिधिशभा निर्वाचन सम्पन्न नभएसम्म आफूहरु सरकारमै रहने बताउँदा बताउँदै पनि प्रधानमन्त्रीले अविश्वास गरेको उहाँको गुनासो थियो । अध्यक्ष प्रचण्डले माओवादी जनयुद्धमा योगदान गरेकाहरुको सम्मानसहित एमालेसँग पार्टी एकता हुन लागेको जानकारी दिनुभएको थियो ।
नेपालमा एउटै कम्युनिष्ट केन्द्र निर्माण गर्न सकिएमा समाजवादको यात्रालाई कसैले रोक्न नसक्ने उहाँको भनाई थियो ।


