Breaking News.... EverestOnlineKhabar
July 1, 2026

एक दशकपछि उपसभापति वा महामन्त्री पदसहित विजयकुमार गच्छदार कांग्रेसमा फर्किँदै

Loading

काठमाडौ,३० असोज ।
नेपाली कांग्रेसबाट निस्किएर मधेसवादी राजनीतिमा लागेको एक दशकपछि विजयकुमार गच्छदार फेरि कांग्रेसमै फर्किने भएका छन् । संघ र प्रदेश चुनावको पूर्वसन्ध्यामा सुरु भएको दलहरूबीचको धुव्रिकरण र एकीकरणकै बीच गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमले कांग्रेससँग एकता गर्ने निर्णय गरेको हो ।
एकता घोषणा सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा हुने तय भएको कांग्रेस केन्द्रीय सदस्य एवं अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
संघ र प्रदेश निर्वाचनका लागि समानुपातिक उम्मेदवारको नाम बुझाउने दिन आइतबारै दुई पार्टीबीच एकता घोषणा गर्ने तयारी गरिएको थियो । त्यसका लागि अपराह्न साढे ५ बजे सञ्चारकर्मीलाई निमन्त्रणासमेत गरिएको थियो । तर, आउँदो निर्वाचनमा लोकतान्त्रिकबाट जाने नेताहरूको उम्मेदवारीका विषयमा टुंगो लाग्न ढिलाइ भएपछि घोषणा आजलाई सरेको हो । कांग्रेस स्रोतका अनुसार कांग्रेस र फोरम लोकतान्त्रिकबीच सबै कुरामा लगभग सहमति भईसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed