![]()
म्याग्दी,३० असोज ।
म्याग्दीमा गएराति भूकम्पको धक्का महसुस भएको छ ।राष्ट्रिय भूकम्पमापन केन्द्रका अनुसार, म्याग्दी जिल्लाको धौलागिरि गाउँपालिका– ३ मुना केन्द्रबिन्दु बनाएर ४.२ रेक्टर स्केलको भूकम्प गएको हो ।
राति ११ बजेर २३ मिनेटमा गएको भूकम्पको धक्का म्याग्दीसँगै आसपासका जिल्लामा समेत महसुस भएको स्थानीय बासिन्दाले जनाएका छन् । राष्ट्रिय भूकम्पमापन केन्द्रका अनुसार यो बारपाक भूकम्पको पराकम्पन नभएर नयाँ भूकम्प हो ।


