Breaking News.... EverestOnlineKhabar
March 13, 2026

कनफेडेरेशन कप फुटबलः पोर्चुगलको पहिलो जित

Loading

एजेन्सी,८ असार ।
रुसमा भइरहेको फिफा कनफेडेरेशन कप फुटबल अन्तर्गत बुधबार राति भएको खेलमा पोर्चुगल विजयी भएको छ । समूह ए मा रहेको पोर्चुगलले आयोजक रुसलाई १–० ले हराएको हो । पोर्चुगलको जितमा कप्तान क्रिष्टियानो रोनाल्डोले गरेको गोल नै निर्णायक बन्यो ।
खेलको ८ औं मिनेटमा रोनाल्डोले हेडमार्फत सुन्दर गोल गरेका हुन् । यस्तै दोस्रो हाफको सुरुमा एन्ड्रे सिल्भाले गरेको प्रहार रुसका गोलरक्षक इगोर एकिन्फिभले सुन्दर बचाउ गरेपछि पोर्चुगल १–० ले विजयी भयो । यो प्रतियोगितामा पोर्चुगलको पहिलो जित हो । यसअघि भएको पहिलो खेलमा पोर्चुगलले मेक्सिकोसँग २–२ को बराबरी खेल्दै अंक बाँडेको थियो । जितपछि समूहको दुई खेलबाट चार अंक जोडेको पोर्चुगल समूहको दोस्रो स्थानमा छ । पहिलो खेल जिते पनि दोस्रो खेलमा पोर्चुगलसँग पराजित भएको आयोजक रुस तीन अंकसहित तेस्रो स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.