![]()
काठमाडौ,३१ जेठ ।
व्यवस्थापिका संसद् सचिवालयले आफूसँग भएका सद्दे सवारी साधन बिग्रिएको देखाएर १८ वटा नयाँ गाडी किनेको छ । यसबाट राज्यलाई अनावश्यक करोडौं रुपैयाँको भार परेको छ । सचिवालय परिसरमा सयभन्दा बढी सवारी साधन त्यत्तिकै थन्क्याएर राखिएको देखिन्छ । ती गाडी सबैजसो प्रयोग गर्न योग्य भए पनि सचिवालयले नयाँ किन्नकै लागि बिग्रिएका भन्दै प्रयोग नगरेको हो ।
लामो समयसम्म प्रयोग नगरी थन्किाएर राख्दा केही गाडी मर्मत गर्नुपर्ने अवस्थामा पुगेका छन् । आफूसँग भएका गाडी प्रयोगमा ल्याउन छाडेर सचिवालयले १८ वटा नयाँ खरिद गरेको हो । खरिद गरिएका गाडीमध्ये १२ स्कारपियो जिप शनिबार र तीनवटा ह्याच ब्याक कार सोमबार सचिवालयमा ल्याइएको छ । बाँकी ३ वटा कार पनि मंगलबार ल्याइयो ।


