![]()
ललितपुर,३० जेठ ।
नेकपा एमालेका वरिष्ठ नेता एंव पूर्वप्रधानमन्त्री झलनाथ खनालले अब सम्पुर्ण राजनीतिक शक्तिहरुलाई नेकपा एमालेले आफ्नो वरिपरी गोलबन्द गर्नुपर्ने बताउनुभएको छ । प्रदेश नम्बर ३ बाट निर्वाचित महानगर,उपमहानगर र नगपालिका तथा गाउँपालिकाका प्रमुख र उपप्रमुखहरुलाई प्रशिक्षण दिन सोमवार प्रदेश कमिटीले ललितपुरमा आयोजना गरेको कार्यक्रमलाई सम्वोधन गर्दै पूर्बप्रधानमन्त्री समेत रहेका वरिष्ठ नेता खनालले ५६ बर्ष लगाएर जनबादी क्रान्ति सम्पन्न भएको बताउनुभयो । उहाँले २०६२ —०६३ को जनक्रान्तिले सामन्तबाद उखेलेको, राजतन्त्रको विदाई गरेको भन्दै जनबादी क्रान्ति सम्पन्न गरी संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको उल्लेख गर्नुभयो ।
उहाँले समाजबाद स्थापनाको लागि शान्तिपूर्ण ढङगले अगाडी बढ्नुपर्ने धारणा राख्नुभयो ।
वरिष्ठ नेता खनालले जनप्रतिनिधिहरmले पार्टीको कार्यदिशा,नीति र सिद्धान्तलाई राम्रो ज्ञान हुनुपर्ने, पार्टी प्रति गहिरो निष्ठा राख्नुपर्ने, पार्टीका लक्ष्य र कार्यक्रमहरm गहिरो गरि बुझ्नु आवश्यक रहेको बताउनुभयो । अहिले देखि नै पुजीबादी दिशामा होइन्,समाजबादी दिशामा अघि बढ्नुपर्ने भन्दै नेता खनालले समाजबाद निर्माणको कार्य तलै देखि शुरm गर्नुपर्ने र तीन खम्बे अर्थतन्त्र बेलै देखि बिकास गर्नुपर्ने धारणा राख्नुभयो । जनताका मागहरुलाई सधैँ ध्यान दिन र जनतासंग घनिष्ट सम्वन्ध राख्न जनप्रतिनिधिहरुलाई निर्देशन दिँदै नेता खनालले संबिधानले दिएका अधिकारका सीमा भित्रबाट बिकासलाई अघि बढाउन निर्देशन समेत दिनुभयो ।


