Breaking News.... EverestOnlineKhabar
March 18, 2026

तेस्रो चरणको निर्वाचन निर्वाचन आयोगलाई अमान्य…..

Loading

विराटनगर,३० जेठ ।
सरकारले तेस्रो चरणमा निर्वाचन गर्ने निर्णय गरे निर्वाचन आयोगले अस्वीकार गर्ने चेतावनी दिएको छ । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले स्थानीय तहको लागि तेस्रो चरणको निर्वाचन आयोगले नमान्ने जनाएका छन् । विराटनगरमा पत्रकारसंगको कुराकानीमा उनले निर्वाचन मिति अब पूनः सार्नु अलोकतान्त्रिक हुने जिकिर गरेका छन् । उनले भनेः‘असार १४ गतेको निर्वाचन मिति सर्दैन त्यसमा कतै पनि भ्रममा नपर्नुस्, तीनपटकसम्म निर्वाचन मिति सारिसक्दा पनि कुनै सहमति हुन नसकेकोले अब कहिलेसम्म सारी राख्ने त्यसैले अब मिति सार्ने कुरा कसैले पनि नगर्नुस् ।’
असार १४ गतेको निर्वाचन मिति अकाट्य छ र यो कसैले सारेर पनि नसर्ने उनले दाबी गरे । यादवले अगाडी भनेः‘अब वर्षा भएपछि निर्वाचन सामग्री पनि बिग्रेर जाने भएकोले निर्वाचनका लागि असार १४ गतेको विकल्प छैन,सरकारसंग अत्यन्तै हार्दिक अनुरोध छ– अब मिति नसार्नुस् । पूनः निर्वाचन मिति सार्नु लोकतन्त्रमा पनि अलोकतान्त्रिक काम हुन जान्छ ।’
उनले निर्वाचन मिति सार्ने विषयमा आयोग कुनै किसिमको लचकता अपनाउन नसक्ने बताएका छन् ।
राष्ट्रिय जनता पार्टीले आमहड्तालको घोषणा गरेर पनि निर्वाचन नरोकिने उनले बताए ।‘आमहड्तालमा पनि दोस्रो संविधान सभाको निर्वाचनमा मतदान गरेको हाम्रा मतदातासंग अनुभव छ,आमहड्ताल भएपनि मतदातालाई मतदान केन्द्रसम्म जान कुनै अप्ठयारो छैन त्यसैले ५ किलोमिटर हिँडेर भएपनि मतदाता मतदान गर्न जान्छ ।’ यादवको दावी छ । उनले आमहड्ताल अनुकुल आयोग पनि निर्वाचन र मतदानको लागि रणनीति बनाएर अगाडि बढ्ने र त्यसको लागि आफूले निर्देशन दिइसकेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.