Breaking News.... EverestOnlineKhabar
March 14, 2026

कोरियन भाषा परीक्षा आजबाट सुरु

Loading

काठमाडौ,२७ जेठ ।
रोजगार अनुमति प्रणाली (इपिएस) को आठौं भाषा परीक्षा आजबाट काठमाडौंमा सुरु भएको छ । शनिबार र आइतबार गरी दुई दिन हुने परीक्षाका लागि कोरियाको इपिएस शाखाले २६ परीक्षा केन्द्र निर्धारण गरेको छ । ईपिएस शाखाका निर्देशक बाबुराम खतिवडाका अनुसार परीक्षा दुई सिफ्टमा सञ्चालन हुनेछ । पहिलो सिफ्ट बिहान ८ बजेदेखि ११ः१० बजेसम्म सञ्चालन हुनेछ भने दोस्रो सिफ्ट दिउँसो १२ बजेदेखि ३ः१० सम्म हुनेछ ।
पढाइ र लेखाइ गरी २०० पूर्णांकको भाषा परीक्षाका लागि ७५ हजार पाँच सय ८० जनाले आवेदन दिएका छन् । जसमध्ये ९ हजार ७ सय ९६ महिला तथा ६५ हजार ७ सय ८४ पुरुष आवेदक रहेको शाखाले जनाएको छ । परीक्षामा सहभागीमध्ये १० हजार दुई सय उत्तीर्ण परीक्षार्थी सन् २०१८ मा कोरिया जान पाउने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.