Breaking News.... EverestOnlineKhabar
March 14, 2026

लोकमानलाई कारबाही नगर्न प्रधानमन्त्रीले दवाव दिएको खुलासा….

Loading

काठमाडौ,२१ जेठ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानन्यायाधीश सुशीला कार्कीलाई लोकमानसिंह कार्कीको मुद्दा तत्काल फैसला नगर्न दबाब दिएको खुलासा भएको छ । आगामी बुधबार ६५ वर्षे उमेरहदका कारण निवृत्त हुन लागेकी प्रधानन्यायाधिश कार्कीले भनिन्ः‘अब त म हिँड्ने बेला भयो, खुलेरै भन्नुपर्छ यो कुरा,लोकमानको मुद्दा पुनरावलोकनका लागि निस्सा दिएपछि प्रचण्डले बोलाउनुभयो । उहाँ भारत भ्रमणबाट आएको भोलिपल्टैको दिन थियो र मुद्दाको कुरा निकाल्नुभयो ।’
दाहाललाई उद्धृत गर्दै कार्कीले भनिन्ः‘तपाईंले निस्सा दिएर बबाल गर्नुभयो, लोकमानजीले मलाई धम्क्याए । म यो कुर्सीमा सात महिना बस्छु, म बसुन्जेल मुद्दा रोकिदिनुहोस् । म गएपछि फैसला गर्नुहोला ।’ कार्कीले अगाडि भनिन्ः‘त्यसपछि मैले भनें, अब मेरो हातमा छैन, मुद्दाले आफ्नो कोर्स लिइसक्यो । मैले मुद्दा हेर्दा पनि हेर्दिनँ, अर्को बेन्चले हेर्छ भनिदिएँ ।’
यसैगरी अन्य मुद्दामा पनि प्रधानमन्त्री दाहालले भनसुन र दबाब दिन थालेपछि उनलाई भेट्नै छाडेको समेत उनले बताइन् । ‘उहाँले तीन खेप बोलाउनुभयो । एक पटक लोकमानको मुद्दा भएका बेला, अर्को पटक सीमांकन विवाद हुँदा र अर्को केमा हो बिर्सें, तीन पटक नै म पाँच–पाँच मिनेटजति बसें हुँला । चिया खाएँ, निस्किएँ । राज्यका दुई निकायका प्रमुखबीचको भेटलाई मैले सुरु–सुरुमा शिष्टाचारकै रूपमा लिएँ । तर, जति पटक मैले भेटें र निस्कन नपाउँदै उहाँले कुरा मिलिसक्यो भनेर मिडियालाई भन्न थाल्नुभयो । त्यसपछि म प्रचण्डसँग सतर्क पनि भएँ ।’ कार्कीको दावी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.