Breaking News.... EverestOnlineKhabar
March 14, 2026

कांग्रेस नेता रामचन्द्र पौडेलको यस्तो रोइलो….किन भए भावुक ?

Loading

काठमाडौ,२१ जेठ ।
कांग्रेस कार्यसम्पदान समितिको बैठकमा नेता पौडेलले प्रधानमन्त्री किन र केका लागि हुने भन्ने प्रश्न गरेका थिए । निकै भावुकरुपमा प्रस्तुत भएका पौडेलले नेतृत्वको गलत निर्णयका कारण पार्टी स्थानीय तह चुनावमा पराजित भएको जिम्मा कसले लिने, संगठन कसरी र कसले चलाउने भन्ने प्रश्न गरेका थिए ।
कांग्रेसको छवि सुधार्दै लोकतान्त्रिक आचरण र पद्धतिमा पार्टीलाई हिँडाउने कि नहिँडाउने भन्ने अहिलेको चासो र चिन्ताको विषय भएको जनाउँदै पौडेलले भनेः‘पार्टीभित्र गतिशीलता कसरी पैदा गर्ने ? कार्यकर्तामा उत्साह र जाँगर कसरी भर्ने ? के गरी जनतामा आशा र भरोसा जगाउने भन्नेतर्फ हाम्रो ध्यान जानुपर्छ ।’
पौडेलले पार्टीले ठीक समयमा ठीक निर्णय लिन नसक्दा समर्थकहरूले छाड्दै जान थालेको भन्दै नेतृत्वलाई सचेत गराए । नयाँ प्रधानमन्त्री चयन, सरकार गठन र पार्टी सञ्चालनका विषयमा आन्तरिक छलफल नभएको भन्दै उनले असन्तुष्टि पनि पोखे ।
दाहाल नेतृत्व सरकारमा रहेर पार्टीले फाइदा उठाउन नसकेको धारणा राख्दै पौडेलले जनताको विश्वास जित्न नेतृतवले त्याग गर्नुपर्ने धारणा पनि राखेका थिए । उनले भनेः‘ यो बेलामा जनतालाई विश्वास दिलाउन त्याग गरेर देखाउनुपर्छ । दलको नेता आफैं (देउवाप्रति लक्षित) हुनुहुन्छ । बहुमत पनि छ,तपाईं त्याग गर्न सक्नुहुन्न भने म नै त्याग गर्छु ।’
कार्यसम्पादन समितिको बैठकमा जानुअघि पौडेलले आफूनिकट नेतालाई अनामनगरस्थित सम्पर्क कार्यालयमा बोलाएर पछिल्लो अवस्थाको जानकारी गराएका थिए । त्यहाँ पनि उनले सभापति देउवाले एकलौटी गरेको भन्दै गुनासो गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.