Breaking News.... EverestOnlineKhabar
March 14, 2026

भरतपुर मतगणना प्रकरणःनिर्वाचन आयोगको निर्णयप्रति एमाले आक्रोशित….

Loading

काठमाडौ,२१ जेठ ।
मतपत्र च्यातिएपछि अबरुद्ध भएको भरतपुर महानगरपालिका वडा नं.१९ मा पुनःमतदान गर्ने निर्वाचन आयोगको निर्णयप्रति नेकपा एमालेले आक्रोश व्यक्त गरेको छ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले भरतपुर १९ मा पुनः मतदान गराउने निर्वाचन आयोगको निर्णय स्वीकार्य नभएको बताएका छन्। एमाले संसदीय दलको कार्यालय, सिंहदरबारमा आज बसेको एमाले स्थायी कमिटीको बैठकले आयोगको निर्णयलाई अस्वीकार गर्दै प्रतिवाद गर्ने र यसका लागि कानुनीलगायत सबै प्रकारको उपचारमा जाने निर्णय गरेको हो ।
उनले अहिले सरकार बनाउने तरिका पनि असंवैधानिक भएको भन्दै यसैबेला आयोगले गलत निर्णय गरेको जनाएका हुन्। भरतपुर महानगरपालिकाको वडा नं– १९ को मतगणना जारी हुँदा केही मतपत्र च्यातिएको घटनाको छानबिनपछि आयोगले सो वडामा पुनः मतदानमा जाने निर्णय गरेको थियो । यही विषयमा पुनःमतगणना हुनुपर्ने माग राखी एमालेले संसद् बैठक अवरोध गर्दै आएको छ ।
बैठकपछि एमालेका अध्यक्ष केपी शर्मा ओलीले आयोगले मुलुकमा निर्वाचन गराउने दायित्वभन्दा सत्तारुढ दलको दबाब र प्रभावमा परेर यस्तो निर्णय गरिएको आरोप लगाउँदै यो प्रकरण यत्तिकै सकियो भन्ने नसोच्न आग्रह गरे।
उनले भनेः‘ बरु सत्तारुढ दलका उम्मेदवारलाई सरक्क विजयी घोषणा गर्दा हुन्छ, निर्वाचन अपराधमा संलग्नलाई प्रोत्साहन हुने निर्णय लोकतान्त्रिक मूल्य र मान्यतासँग मेल खाँदैन।’
यस विषयमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भने आयोग एउटा स्वतन्त्र निकाय भएको र यसले आफ्नो अनुसन्धान गरेर निर्णय गरेकाले यसलाई स्वीकारेर अघि बढ्नुको विकल्प नरहेको प्रतिक्रिया दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.